प्रदेश ५ सरकारले २०७६ लाई लुम्बिनी भ्रमण वर्षका रुपमा मनाउने

२५ बैशाख ०७६, रुपन्देही । प्रदेश ५ को सरकारले ‘लुम्बिनी भ्रमण वर्ष–२०७६’ मनाउने भएको छ ।

गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई केन्द्रभागमा राखेर त्यस वरपरका सम्पदाहरुलाई पनि पर्यटकीय दृष्टिकोणले विकास गर्ने उद्देश्यले ‘लुम्बिनी भ्रमण वर्ष–२०७६’ मनाउने लागिएको हो ।

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले लुम्बिनीलाई पर्यटन प्रवद्र्धन र संस्कृतिको रुपमा विकास गर्न यो वर्षलाई भ्रमण वर्षका रुपमा घोषणा गर्ने निर्णय गरिएको पत्रकार सम्मेलनमा जानकारी दिए ।

‘बुद्ध जन्मस्थल लुम्विनी जाऔंः शान्तिको सन्देश फैलाऔैं’ भन्ने मूल नारा तय गरिएको सो भ्रमण वर्ष आगामी जेष्ठ ४ गते लुम्विनीमा एक भव्य कार्यक्रमका बीच शुभारम्भ गरिनेछ । भ्रमण वर्षको आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड दिएर बाह्य पर्यटनलाई आकर्षित गर्ने मूल उद्देश्य रहेको छ ।

तपाइको मत