प्रदेश ७ को राजधानीको विषयलाई लिएर प्रदेशसभा भवन बाहिर प्रदर्शन

१० असार ०७५, धनगढी । प्रदेश नम्बर ७ को स्थायी राजधानी आफ्नो ठाउँमा नतोकेको विरोधमा स्थानीयले प्रदेशसभा भवन बाहिर प्रदर्शन गरेका छन् ।

संसदीय समितिले प्रदेश ७ को राजधानी कैलालीको गोदावरी नगरपालिका ४ तेघरी र नाम सुदूरपश्चिममा राख्न सिफारिस गरेपछि विरोधमा नागरिक समाजको अगुवाइमा प्रदेश संसदको भवन बाहिर उनीहरुले टायर बालेर प्रदर्शन गरेका हुन् ।

सासंद तारा लामा तामाङको नेतृत्वमा गठित विशेष सुझाव समितिले तयार पारेको प्रतिवेदन मंगलबार प्रदेश सभामा पेश गरिएको थियो ।

राज्यले ठूलो लगानी धनगढीमा गरिसकेको अवस्थामा सुनियोजित रुपमा भू–माफिया र वन तस्करसँग मिलेर वन फडानी गरेर गोदावरीमा राजधानी राख्न सिफारिस गरिएको नागरिक समाजका अगुवाहरुले बताए ।

तपाइको मत