प्रधानन्यायाधीश पराजुलीले सपथ लगतै पदभार ग्रहण गरे

२ साउन ०७४, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानन्यायाधीशमा नियुक्त गोपालप्रसाद पराजुलीलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएकी छन् ।

राष्ट्रपति कार्यालय शितल निवासमा एक कार्यक्रमका बीच राष्ट्रपति भण्डारीले प्रधानन्यायाधीश पराजुलीलाई सपथ ग्रहण गराएकी हुन् ।

प्रधानन्यायाधीश पराजुली सपथ लगत्तै सर्वोच्च अदालत गएर पदभार ग्रहण गरेका छन् ।

सर्वाेच्चमा पराजुलीलाई कर्मचारीहरुले पुष्पगुच्छाले स्वागत गरेका थिए ।

तपाइको मत