प्रधानमन्त्री देउवा भारतीय समकक्षीको आग्रह सुन्ने बित्तिकै अत्तालिए
१० भदौ ०७४, काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेर बहदुर देउवा भारतीय समकक्षी नरेन्द्र मोदीले सबैलाई समेटेर संविधान कार्यान्वयन गर्न आग्रह गर्ने बित्तिकै अत्तालिएको बताएका छन् ।
एमाले अध्यक्ष ओलीले स्वास्थ्य परीक्षणका लागि बैंकक जानुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै सो कुरा बताएका हुन् ।
संविधान संशोधन नेपालको आन्तरिक मामिला भएको र त्यसको निर्णय नेपाली जनताका प्रतिनिधिमार्फत् भइसकेको विषयमा प्रधानमन्त्रीले अर्को देशमा गएर बयान दिनु सार्वभौम राष्ट्रको अपमान भएको ओलीले जिकिर गरे ।
प्रधानमन्त्रीको अभिव्यक्तिले सार्वभौम संसद् र नेपाली जनताको अपमान
प्रधानमन्त्रीको अभिव्यक्तिले संसद्को निर्णयको समेत धज्जी उडाएको ओलीले बताए । संसद्ले संशोधन विधेयक अस्वीकृत गरेको बताउँदै उनले भने, ‘प्रधानमन्त्रीको अभिव्यक्तिले सार्वभौम संसद् र नेपाली जनताको अपमान भएको छ ।’
प्रधानमन्त्री देउवाले भारतीय समकक्षी मोदीसँग आफूले दुई तिहाई पु¥याउन नसकेको बिन्ती लगाउँदै फेरि आवश्यक संख्या पु¥याएर पारित गर्ने विश्वास दिलाउनु राम्रो नभएको ओलीले बताए ।
संविधान संशोधनजस्तो नितान्त आन्तरिक मामिलालाई प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणको एजेन्डका रूपमा प्रवेश गराउँदै दिएको अभिव्यक्ति ‘लज्जास्पद’ रहेको ओलीको तर्क छ ।
‘प्रधानमन्त्रीबाट व्यक्त धारणाले नेपालको शिर निहुरिएको छ, संसद्को निर्णयलाई धज्जी उडाइएको छ,’ ओलीले भने, ‘प्रभू संसद्को गणितले गर्दा संविधान संशोधन पारित गर्न सकिनँ तर चाँडै गर्नेछु, मोदीसँगको संयुक्त पत्रकार सम्मेलनमा देउवाले यस्तो अभिव्यक्ति दिँदा देशकै शिर निहुरिएको छ ।’
ओलीले भनेका छन्, ‘प्रधानमन्त्रीले गिडगिडाउँदै लज्जास्पद ढंगबाट प्रभू मैले गर्न सकिनँ, कोशिस गरेको थिएँ । तर म गर्छु, त्यसका लागि वातावरण बनाइदिनुप¥यो भनेर याचना गर्नुभयो । त्यो वाक्य, शैली हाउभाउ हेर्दा देशकै शिर निहुरिन्छ । हामी सबैका लागि यो अत्यन्त दुःखको कुरा हो ।’