प्रधानमन्त्रीको निर्देशन र परराष्ट्र मन्त्रालयको पहलमा १८ जना नेपालीको उद्दार

९ बैशाख ०७४, काठमाडौं । मलेसियाको बुकिट जलिल क्याम्पमा रहेका १८ जना नेपालीहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशन र परराष्ट्र मन्त्रालयको पहलमा उद्दार गरिएको छ ।

PM-Pararastra

विदेशमा रहेका नेपालीहरुका समस्यालाई उच्च प्राथमिकता दिएर उद्दार र राहतको काम गरिरहेको प्रचण्ड नेतृत्वको सरकारले शुक्रबार १८ जना नेपालीहरुको उद्दार गरेको हो ।

विभिन्न मितिमा मलेसिया पुगेका उनीहरुलाई व्यक्ति हत्या लगायतका अभियोगमा पक्राउ गरी बुकिट जलिल क्याम्पमा राखिएको थियो ।

प्रधानमन्त्री प्रचण्डले त्यसको जानकारी पाएलगत्तै नेपाल सरकारका सम्वद्ध अधिकारीहरुलाई बोलाएर उनीहरुको स्थिति बुझ्न र छिटै उद्दार गर्न विशेष निर्देशन दिएका थिए ।

सरकारको कुटनीतिक पहल र परराष्ट्र मन्त्रालयको समन्वयपछि नेपाल सरकार आफैंले हवाई टिकटको व्यवस्था गरेर बैशाख ८ गते १८ नेपालीको उद्दार गरी नेपाल ल्याइएको छ ।

उद्दार गरी नेपाल ल्याइएका नेपालीहरु:

शानबहादुर बुढा मगर – बाँके

सञ्जय कुमार नाउ – बाँके

ईश्वर बि.क. – खोटाङ

लाक्पा छिरी शेर्पा – रामेछाप

कुमार लामा – रामेछाप

कुमार भुलुन – मकवानपुर

सुब्बासिंह मोक्तान- मकवानपुर

ज्ञान बहादुर मोक्तान – मकवानपुर

सिंहबहादुर मोक्तान- बारा

राजेशकुमार वानेम – ताप्लेजुङ

सुमन कुमाल – दाङ

फडिन्द्र बहादुर कटुवाल- पाँचथर

पुष्कर बुढाथोकी- सल्यान

अमरजित कब्रिन – रुपन्देही

प्रकाश थापा – पाल्पा

सुवास राई – ओखलढुंगा

नर बहादुर घर्ति – रोल्पा

ईश्वरी लामा तामाङ – काठमाडौं

तपाइको मत