प्रधानमन्त्रीको प्रेस सल्लाहकार प्रेस सेन्टरका संयोजक आचार्य हुने निश्चित

२४ साउन, काठमाडौं ।

Press centre coordinatorप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रेस सल्लाहकारमा प्रेस सेन्टरका संयोजक गोविन्द आचार्य नियुक्त हुने निश्चित भएको छ ।

आचार्यलाई प्रेस सल्लाहकारमा ल्याउने पार्टीको तर्फबाट निर्णय भएको र क्याबिनेट बसेपछि निर्णय हुने प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ ।

प्रधानमन्त्रीको सचिवालय स्रोतकाअनुसार प्रेस सेन्टरका संयोजक आचार्यलाई प्रेस सल्लाहकारको रुपमा नियुक्त गर्ने निश्चित भए पनि मन्त्रिपरिषद्को बैठकपछि मात्र उनले आधिकारिकता पाउनेछ ।

न्युनतम पारिश्रमिक निर्धारण समितिको संयोजक रहेर काम गरिसकेका र नेपाल पत्रकार महासंघका पूर्व उपाध्यक्ष समेत भइसकेका आचार्यसँग जनादेश दैनिकको सम्पादक भएर काम गरेको अनुभव छ ।

तपाइको मत