१९ कार्तिक ०७८, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल संवतको नयाँ वर्ष ११४२ प्रारम्भको अवसरमा शुभकामना व्यक्त गर्दै यस संवतले सबै नेपालीमा सहिष्णुता, भाइचारा र आपसी सद्भाव बढाउने विश्वास व्यक्त गरेका छन् ।
नेपाल संवत नयाँ वर्ष ११४२ का अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री देउवाले विविधतायुक्त धर्म संस्कृतिले राष्ट्रिय एकतालाई थप मजबुत बनाउने र नेपालीलाई एकताबद्ध हुन प्रेरणा प्रदान गर्ने उल्लेख गरेका छन् ।
नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाःले नेपाल संवतको प्रचलन र गरिवी उन्मूलनको अभियान थालनीबाट समाजमा शान्ति स्थापना, नेपाली जनताको स्वतन्त्रता र स्वाभिमान बढाउन ऐतिहासिक योगदान गरेकाले सरकारले राष्ट्रिय विभूति पदले सम्मानित गरिएको पनि शुभकामना सन्देशमा उल्लेख छ ।