प्रधानमन्त्रीद्वारा पुनर्निर्माणका काम योजनाबद्ध सम्पन्न हुने विश्वास व्यक्त

१२ बैशाख ०७७, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपछिको पुनर्निर्माणका बाँकी काम योजनाबद्ध ढङ्गले सम्पन्न गर्न सफल हुने विश्वास व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले भूकम्प स्मृति दिवसका अवसरमा शुक्रबार दिएको सन्देशमा पुनर्निर्माणका काम द्रुतगतिका साथ भइरहेको अवस्थामा अदृश्य शत्रुकारूपमा विश्वमा फैलिइरहेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको लडाइँका कारण पुनर्निर्माण तथा पुनस्र्थापनाका काममा पनि गम्भीर असर परेको स्पष्ट पारेका छन् ।

पाँच वर्षअघि २०७२ साल वैशाख १२ गते (आजकै दिन) गोरखाको बारपाकमा केन्द्रबिन्दु भई विनाशकारी भूकम्प गएको थियो ।

भूकम्प र त्यसपछिका पराकम्पबाट करिब ९ हजार जनाले ज्यान गुमाउनु परेको थियो भने मुलुकले करिब सात खर्ब रुपियाँ बराबरको आर्थिक क्षति बेहोर्नुपरेको थियो ।