प्रधानमन्त्रीद्वारा नयाँ मन्त्रिपरिषद कार्यालयका संरचनाहरुको अवलोकन

२० पुस ०७९, काठमाडौं । प्रधानमन्त्री पुष्पकमाल दाहाल ‘प्रचण्ड’ले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको नयाँ भवनका संरचनाहरुको अवलोकन गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले नयाँ भवनमा रहेका एक्सन रुम, स्टुडियो, भवनको पाँचौ तलामा निर्माणाधीन हल, मन्त्रालयका अन्य कार्यकक्ष लगायतका संरचनाको निरीक्षण तथा अवलोकन गरेका हुन् ।

यस्तै भवनको छतमा गई प्रधानमन्त्रीले सिंहदरबास्थित अन्य भवन तथा संरचनाहरुको समेत अवलोकन गरेका छन् ।