१८ चैत ०७५, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार साँझ परेको बर्षासँगै आएको हावाहुरीले प्रभावित क्षेत्रमा पुगी स्थलगत निरीक्षण गरेका छन् ।
प्रधानान्त्री ओलीसहित उपप्रधानमन्त्री तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव, उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा, कांग्रेस नेता विमलेन्द्र निधि हावाहुरीबाट प्रभावित बारा र पर्सा पुगी निरीक्षण गरेका हुन् ।
सोमबार हेलिकोप्टरबाट बारा र पर्सा पुगेका उनले बाराको कलैया अस्पतालमा उपचाररत घाइतेलाई भेटेर वीरगञ्जस्थित नारायणी अस्पताल र नेशनल मेडिकल कलेजमा उपचाररत विरामीलाई भेट गरेका छन् ।
गए रातिको हावाहुरीबाट प्रदेश २ को बारा र आसपासका जिल्लामा गरी ३१ जनाको ज्यान गएको छ भने ६ सयभन्दा बढी घाइतेका भएका छन् ।