७ फागुन ०७९, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतका नेताहरु बालुवाटार पुगेका छन् ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डसँग राष्ट्रपति निर्वाचनको विषयमा छलफल गर्न काँग्रेस नेताहरु बालुवाटार पुगेका हुन् ।
छलफलमा सहभागी एक नेताकाअनुसार कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्ण सिटौला र महामन्त्री गगनकुमार थापाले माओवादीलाई औपचारिक रुपमा राष्ट्रपतिमा आफ्नो दललाई सहयोग गर्न आग्रह गरेको छन् ।
जवाफमा प्रधानमन्त्री प्रचण्डले पार्टीमा छलफल गर्ने आश्वासन दिएको ती नेताले बताए ।