१ साउन, काठमाडौं ।
एमालेका सचिव प्रदीप ज्ञवालीले प्रेस चौतारी नेपालले गरेको अन्तर्क्रियामा संसद् विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई भएपनि त्यसो नगर्ने बताएका छन् ।
सचिव ज्ञवालीले माओवादी केन्द्रले समर्थन फिर्ता लिए पनि सरकार अल्पमतमा परेको भन्ने कानुनी आधार नभएको बताउँदै मुलुकलाई सङ्क्रमणकाल तर्फ धकेल्न सरकार परिवर्तन गर्न काँग्रेस र माओवादी केन्द्र लागेको बताए ।
उनले भूकम्पपछिको पुनःनिर्माण, राष्ट्रिय स्वाधीनताका सवाल, नाकाबन्दीको प्रतिवाद र चीनसँग सम्बन्धजस्ता राम्रा काम देखेर सरकार ढाल्ने खेलमा लागेका बताउँदै संविधान कार्यान्वयन नगर्न, राष्ट्रिय स्वाधीनता कमजोर पार्न, बनेका संरचना भत्काउन र मुलुकलाई सङ्क्रमणतर्फ धकेल्न सरकार परिवर्तन गर्न थालिएको बताए ।
एमाले सचिव ज्ञवालीले संसदमा विचाराधीन बजेटका विधेयकलाई छाडेर सभामुख ओनसरी घर्तीले अविश्वासको प्रस्तावलाई छलफलमा ल्याउनु गम्भीर गल्ती भएको टिप्पणी गरे । ज्ञवालीले संसद् विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई भए पनि मुलुकलाई जनप्रतिनिधि विहीनता बनाउन संसद् विघटन नगर्ने स्पष्ट पारे ।