१० जेठ ०७४, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अाज दिउँसाे ४ बजे देशवासीका नाममा सम्बाेधन गर्ने प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ ।
प्रधानमन्त्री प्रचण्डकाे सचिवालयले दिएकाे जानकारी अनुसार प्रधानमन्त्रीले अाज अपराह्न ४ बजे देशवासीका नाममा सम्बाेधन गर्ने कार्यक्रममा रहेेकाे छ ।
देशवासीका नाममा सम्बाेधन गर्दै प्रधानमन्त्रीले अाजै पदबाट राजीनामा दिने स्राेतले बताएको छ ।
प्रधानमन्त्रीले मंगलबार संसदलाई विशेष सम्बोधन गर्दै राजीनामा दिने तयारी गरेकाे थियाे । तर, एमालेले संसद अवराेध गर्ने बताएपछि संसद बैठक स्थगित भयाे ।
यसैबीच प्रधानमन्त्री प्रचण्डले अाज प्रधानमन्त्री कार्यालय सिंहदरबारबाटैै देशवासीलाई सम्बोधन गर्ने भएका हुन् ।