१६ मंसिर ०७५, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेतृत्व र सुशासन अवार्ड प्रदान गरिएको छ ।
आइतबार होटल हायातमा भएको एसिया प्यासेफिक समिटमा युनिभर्सल पिस फेडेरेसनले प्रधानमन्त्री ओलीलाई १ लाख डलर राशिको अवार्ड प्रदान गरिएको हो । ओलीलाई संस्थाकी प्रमुख हक जा हन मुनले अवार्ड र सम्मान पत्र हस्तान्तरण गरेकी थिइन् ।
ओलीले पुरस्कार पाएलगत्तै सो रकम सरकारलाई हस्तान्तरण गर्ने बताएका छन् । उक्त रकम कोष बनाएर यूवाका क्षेत्रमा काम गर्नका लागि सरकारी कोषमा दाखिला गरेको घोषणा गरिएको छ ।













