प्रधानमन्त्रीले संसदीय मूल्य-मान्तयतालाई भत्काउने काम गर्नुभएको छ, अरुलाई दोष थुपारेर हुन्छ ? – कांग्रेस सभापति देउवा

२७ बैशाख ०७७, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूमाथि संसदको विश्वास नभए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत मागेको बताएका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका काँग्रेस सभापति देउवाले सोमबार संसदको विशेष अधिवेशनलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

“प्रधानमन्ीलाई सदनबाट विश्वासको मत पाउँदिन भन्ने थाहा हुँदाहुँदै पनि पनि विश्वासको मत माग्नु भएको छ,” उनले भने, “उहाँ दुनियाबाट भाग्न सक्नुहुन्छ तर आफैँबाट भाग्न सक्नु हुँदैन ।”

“अरुलाई दोष थुपारेर हुन्छ,” सभापति देउवाले प्रधानमन्त्री ओलीलाई प्रश्न गर्दै भने, “संसदीय मूल्य मान्तयता विधि र पद्दतिलाई भत्काउने काम भएको छ, राज्यको महत्वपूर्ण निकाय र संरचना भत्काउने काम भयो । अध्यादेशमार्फत् शासन चलाउने विधि अवलम्बन गरियो ।”

सभामुखलाई जानकारी समेत नदिएर चालू संसद अधिवेशन अन्त्य गर्ने कामहरु प्रधानमन्त्रीबाट भएको भन्दै उनले वर्तमान सरकारका प्रमुख प्रधानमन्त्री ओलीमा संविधान म नै हुँ भन्ने रहेको समेत आरोप लगाए ।

उनले ओली सरकारलाई देश र जनताको हितमा काम गर्न कसैले नरोकेको बताउँदै आफैँले निर्वाचनताका गरेका प्रतिवद्धता किन पूर नगरेको भन्दै प्रश्न उठाए ।

कांग्रेसले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने बताउँदै सम्बोधनको अन्त्यमा देउवाले सबै सांसदहरुलाई विपक्षमा मतदान गर्न आग्रह समेत गरे ।