प्रधानमन्त्री, अर्थमन्त्री र कानुन मन्त्रीलाई खुला पत्र

१४ चैत, काठमाडौं ।

KP-Bishnu-Agni

प्रधानमन्त्री, अर्थमन्त्री साथै कानुन मन्त्री ज्यू
सिंहदरबार, काठमाडौं ।

विषय : न्याय दिलाई पाउँ ।

१) म निवेदक गंगादेवी पुन मगरको नाममा दर्ता रहेको चितवन जिल्ला, भरतपुर न.पा. वडा नं. ९ (क) स्थित कित्ता नं. ७२६ र ७२७ को क्रमश: क्षेत्रफल ०–१–३.५ र ०–११–१६.५ जम्मा (१३ कट्ठा) जग्गाको ‘लालपुर्जा’ घर छिमेकको दामोदर न्यौपानेले केही समय बैंकमा राखेर केही काम गर्छु, सावा व्याज समयमै तिरेर तपाईंको पुर्जा फिर्ता दिन्छु भनेर आग्रह र अनुरोध गरेपछि उसलाई दिएको थिएँ । तर, दामोदर न्यौपानेले सो लालपुर्जा त्रिवेणी डिस्ट्रीलरी प्रा.लि.का प्रोपाइटर रोहित श्रेष्ठलाई दिएछ ।

२) रोहित श्रेष्ठ लगायत त्रिवेणी डिस्ट्रीलरी प्रा.लि.का सञ्चालकहरुले राष्ट्रिय बाणिज्य बैंकसँग ऋण लिने सिलसिलामा मेरो नाममा दर्ता कायम रहेको उक्त जग्गा रु. १९,५०,००० (उन्नाइस लाख पचास हजार रुपैयाँ) जेथा जमानत राखेको रहेछ ।

३) केही समयपछि मैले दामोदर न्यौपानेलाई मेरो लालपुर्जा फिर्ता गरिदिनु भनेर ताकेता गरेपछि उसले लालपुर्जा चाहिने हो भने रु. ६,००,००० (छ लाख रुपैयाँ) दिनु नत्र आउँदैन भनेपछि मैले दामोदर न्यौपानेलाई रु. ६,००,००० (छ लाख रुपैयाँ) दिएँ । दामोदरले भोलि पर्सि भन्दै टार्दै आजको मितिमा आइपुग्दा सम्पर्कभन्दा बाहिर रहेको छ ।

४) दामोदर न्यौपाने सम्पर्कमा नरहेपछि म निवेदक राष्ट्रिय बाणिज्य बैंकको सम्पर्कमा पुगेर बैंकसँगको पटक पटकको छलफल पछि उक्त जग्गा फुकुवाको लागि भनेर लिलामीको सूचना निकाल्नु अघि नै लिलामी ननिकालेर जग्गा फिर्ता गरिदिन्छु भनेर म निवेदकसँग राष्ट्रिय बाणिज्य बैंकले २०७१/८/८ गते रु.२,००००० (दुई लाख रुपैयाँ) र त्यसपछि बैंकले पुनः थप रकम जम्मा गर्नु भनेकाले २०७१/११/१२ गते रु. १५,००,००० (पन्ध्र लाख रुपैयाँ) र २०७१/११/१२ गते नै रु. १०,००,००० (दश लाख रुपैयाँ) समेत गरी जम्मा रु.२७,००,००० (सत्ताइस लाख रुपैयाँ) सार्वजनिक सूचना निकाल्नु पूर्व र सार्वजनिक सूचनाको अवधिमा बुझिसकेको छ । (हेर्नुहोस् भौचरको प्रतिलिपिसहित)

मा जम्मा गरेको रकमको भौचर

राष्ट्रिय बाणिज्य बैंकमा जम्मा गरेको रकमको भौचर

५) तथापि, उक्त जग्गा राष्ट्रिय बाणिज्य बैंकले लिलामीको लागि ऋण असुली न्यायाधिकरणमा उजुरी दिएपछि लिलाम प्रक्रियामा गएको २०७१/१०/२३ को गोरखापत्रबाट जानकारी पाएँ । उक्त सूचनाको बुँदा नम्बर १२ मा “बोल पत्र खोलिनु अगाबै ऋणीको तर्फबाट बैंकको नियमअनुसार बैंकलाई भुक्तानी गर्नु पर्ने रकम बुझाएमा लिलाम बिक्री रद्द गर्न सक्नेछ ।” भनेर स्पष्ट लेखिएको छ र सोही सूचनाका आधारमा लगतै, पुनरावेदन अदालत पाटन, ललितपुरमा गई राष्ट्रिय बाणिज्य बैंक र ऋण असुली न्यायाधिकरण विरुद्ध संयुक्त मुद्दा दायर गरेँ । र, सो को फैसला समेत भइसकेको अवस्था छ । (२०७१/१०/२३ को गोरखापत्रमा प्रकाशित सूचनासहित)

20160328_012907

२०७१/१०/२३ को गोरखापत्रमा प्रकाशित सूचना

६) पुनरावेदन अदालत पाटन, ललितपुरको फैसलामा यी कुराहरु भनिएका छन् :

यस अदालतको आदेश बमोजिम उक्त विपक्षी बैंकले यस अदालतलाई मिति २०७२/३/८ र २०७२/३/३० मा लेखिएको पत्रमा त्रिवेणी डिस्ट्रीलरी प्रा.लि.लाई ऋण कर्जा प्रवाह हुँदा कर्जा सुरक्षण वापत गंगादेवी पुन मगरको कित्ता नं. ७२६ र ७२७ को सम्पतिलाई रु. १९,५०००० मा धितो बन्धक पारित भएको थियो ।

ऋण कर्जा प्रवाह हुँदा जेथा जमानत वापत धितो दिने निवेदक समेतबाट आफ्नो दायित्व फरफारक गर्ने सम्बन्धमा प्रतिवद्धता स्वरुप निवेदक गंगादेवी पुन मगरको तर्फबाट रु. २७ लाख रकम बुझाई निवेदन दिइएको र त्यसरी रकम बुझाई फरफारक खोज्ने निवेदकका हकमा निजबाट असुल हुनुपर्ने लेना रकम यकिन गर्ने प्रस्ताव छलफलको लागि उक्त बैंकको सञ्चालक स्तरीय कर्जा असुली फछ्र्यौट उपसमिति समक्ष पेश भएको भन्ने समेतको व्यहोरा लेखिएको पाइन्छ । कानुन बमोजिम स्थापित विकाय विपक्षी बैंकको उक्त पत्रलाई अन्यथा प्रमाणित नभएसम्म अन्यथा भन्न सकिने अवस्था नहुने हुँदा जेथा जमानत वापत लिएको निवेदक समेतको जग्गामा निवेदक समेतको दायित्व यकिनको विषयलाई स्वीकार गरेकै देखियो । यसरी ऋण असुलीको अधिकार रहेकोविपक्षी बैंकले नै निवेदकको जेथा जमानतको दायित्व यकिनको विषयलाई स्वीकार गरिसकेको देखिएको र रिट निवेदकले पनि आफूले स्वीकार गरी जेथा जमानत दिइएको हदसम्मको ऋण रकमको दायित्व भूक्तान गरी आफ्नो जग्गा फुकुवा गर्न तयार नै रहेको भन्ने देखिएकाले रिट निवेदकहरुको जेथा जमानी सम्बन्धी दायित्व कानुन बमोजिम भूक्तान भएको अवस्थामा रिट निवेदकले आफ्नो जग्गा फुकुवा पाउने प्रयोजनार्थ परमादेशको आदेश जारी हुनु उपयुक्त नै देखियो ।

निवेदकले बुझाउन बाँकी रकम यकिन भएमा रकम बुझाउन निवेदक तयार रहेको र जमानीकर्ताको दायित्व यकिन गर्न अध्ययन गरी राय सहित आगामी बैठकमा पेश गर्ने गरी मिति २०७२/४/७ मा बैंकको कर्जा असुली तथा पुनर्संरचना विभागमा राष्ट्रिय वाणिज्य बैंक, केन्द्रीय कार्यालय सञ्चालक समितिबाट निर्णायनुसार पत्राचार गरिएको देखिँदा निवेदक जमानीकर्ताले तिर्नुपर्ने रकम स्पष्ट गरी दायित्व पूरा गरेका बखत कानुन बमोजिम जेथा फुकुवा गरिदिनु भनी विपक्षीहरुका नाममा परमादेश जारी हुने ठहर्छ ।

(हेर्नुस् : पुनरावेदन अदालत पाटन, ललितपुरको फैसला)

10

पुनरावेदन अदालत पाटन, ललितपुरको फैसला

पुनरावेदन अदालत पाटन, ललितपुरको फैसला

पुनरावेदन अदालत पाटन, ललितपुरको फैसला

७) राष्ट्रिय वाणिज्य बैंक, केन्द्रीय कार्यालय सञ्चालक समितिले २०७२/४/७ मा गरेको निर्णयअनुसार पुनरावेदन अदालत पाटन, ललितपुरमा पठाइएको पत्रको व्यहोरा यस्तो छ  :

राष्ट्रिय बाणिज्य बैंकले २०७२/४/७ गते पुनरावेदन अदालत, पाटन, ललितपुरलाई लेखि पठाएको पत्र ।

राष्ट्रिय बाणिज्य बैंकले २०७२/४/७ गते पुनरावेदन अदालत, पाटन, ललितपुरलाई लेखि पठाएको पत्र ।

 

राष्ट्रिय बाणिज्य बैंकले २०७२/४/७ गते पुनरावेदन अदालत, पाटन, ललितपुरलाई लेखि पठाएको पत्र ।

राष्ट्रिय बाणिज्य बैंकले २०७२/४/७ गते पुनरावेदन अदालत, पाटन, ललितपुरलाई लेखि पठाएको पत्र ।

त्रिवेणी डिष्ट्रिलरी  सम्बन्धित गंगामाया पुन मगरको नामको धितो फुकुवा सम्बन्धी ।
समितिमा छलफल हुँदा शाखा कार्यालय भैरहवाका ऋणी त्रिवेणी डिष्टिलरीसँग सम्बन्धित गंगामाया पुन मगरको नामको धितो फुकुवा सम्बन्धमा निम्नानुसार गर्ने निर्णय गरियो ।

क) कर्जा असुली विभागले धितोदाता गंगामाया पुनमगरले मालपोत कार्यालयमा गरिदिएको धितो पारित तमसुक, बैंकमा गरिएको आन्तरिक कर्जा तमसुक तथा जमानी तमसुक शाखा कार्यालयबाट मगाई निजको जमानी रकम (दायित्व) पूरै कर्जा रकमलाई हो वा धितो पारित रकम सम्म मात्र हो सो सम्बन्धमा अध्ययन गरी राय सहित आगामी बैंकमा पेश गर्ने ।

८) राष्ट्रिय वाणिज्य बैंक, केन्द्रीय कार्यालय सञ्चालक समितिले २०७२/४/७    गतेको यसै पत्रमा कैलाश कार्टुन बक्स प्रा.लि. तथा पशुपति बक्स प्रा.लि.को कर्जा चुक्ता गर्ने सम्बन्धी यसप्रकार निर्णय गरेको छ ।

कैलाश कार्टुन बक्स प्रा.लि. तथा पशुपति बक्स प्रा.लि.को कर्जा चुक्ता गर्ने सम्बन्धी ।
क) कैलाश कार्टुन इडष्ट्रिज प्रा.लि. कर्जामा असुल गर्न बाँकी साँवा रु. ९२,९६,४२०.३० र व्याज वापत सो साँवाको ५० प्रतिशतले हुन आउने व्याज रकम रु. ४६,४८,२१०.१५ गरी कूल रु. १,३९,४४,६३०.४५ लिई असुल गर्न बाँकी व्याज मिनाहा दिई कर्जा राफसाफ गर्ने ।

ख) पशुपति बक्स फैक्ट्रीको कर्जामा असुल गर्न बाँकी साँवा रु. ८,१०,९७१.४४ र व्याज वापत सो साँवाको ५० प्रतिशतले हुन आउने रकम असुल गरी तत्पश्चात् असुल गर्न बाँकी व्याज मिनाहा दिई कर्जा राफसाफ गर्ने ।

प्रधानमन्त्री, अर्थमन्त्री साथै कानुन मन्त्री ज्यू,
राष्ट्रिय वाणिज्य बैंक, केन्द्रीय कार्यालय सञ्चालक समितिले २०७२/४/७ मा गरेको निर्णयअनुसार हेर्ने हो भने पनि उल्लेखित प्रसङ्गबाटै प्रष्ट हुन्छ कि कैलाश कार्टुन बक्स प्रा.लि. तथा पशुपति बक्स प्रा.लि.को कर्जा चुक्ता गर्ने सम्बन्धी निर्णय अनुसार पनि लाखौंको चलखेल भएको देखिन्छ ।

यसैगरी, यही राष्ट्रिय वाणिज्य बैंक, केन्द्रीय कार्यालय सञ्चालक समितिले हालै मात्र ४ करोड ४४ लाख रुपैयाँ ऋण असुली न्यायाधिकरणले न्युनतम् मूल्याङ्कन कायम गरेको जग्गाको हकमा २ करोड ५० लाख रुपैयाँ लिएर कर्जा राफसाफ गरेको पनि सुन्नमा आएको छ । त्यस्तै यही बैंकका सञ्चालक समितिले यस अघि करोडौंको ऋणमा असीम व्याज मिनाहा गरेको नजिर हुँदा हुँदै पनि औंठा छाप मेरो हकमा मैले नखाएको, नलिएको ऋणको साँवा बराबरी व्याज तिर्छु भन्दा पनि पूरै घर–जग्गा हडप्ने नियतले बैंक रऋण असुली न्यायधिकरणले गतिविधि गरिरहेको छ ।

९) सर्मानक विषय त झन् यो छ कि, जुन नगरपालिका र वडा नम्बरमा मेरो दशकौं अघि बनाएको पुरानो घर र जग्गा जमिन छ जुन राष्ट्रिय बाणिज्य बैंकमा जेथा जमानत रहेको अवस्था छ । जहाँ म र मेरो स–परिवार बस्दै आइरहेका छौ जहाँ २४ घण्टा नै कोही न कोही परिवारका सदस्य घरमै रहेका हुन्छौं । मेरो उक्त घर जग्गासम्म ऋण असुली न्यायाधिकरण नपुगिकन नचिने, नजानेको व्यक्तिहरुलाई सही छाप गराएर ऋण असुली न्यायाधिकरणले म ‘गंगा देवी पुन मगरको नाममा “कथित बेपत्ते तामेली पत्र” (वेपत्ते तामेल भएर आएको) भनी ऋण असुली न्यायाधिकरणको पत्रमा उल्लेख गरेर लिलामी प्रक्रिया अघि बढाएको देखिन्छ ।  हेर्नुस्, बेपत्ते तामेलीको पत्र :

20160328_012711

बेपत्ते तामेली पत्र

 

अन्तमा,
१०) त्रिवेणी डिस्ट्रीलरी प्रा.लि.ले राष्ट्रिय बाणिज्य बैंकबाट लिएको ऋण तिर्ने दायित्व कानुनत् उक्त प्रा.लि. र प्रा.लि.का सञ्चालकहरु साथै शेयर होल्डरहरुको हो र उनीहरुको चल–अचल सम्पतिबाट राष्ट्रिय वाणिज्य बैंक र ऋण असुली न्यायाधिकरणले ऋण असुली गर्नुपर्ने हो तर बिडम्बना मैले नलिए नखाएको ऋणको रु. १९,५०,००० (उन्नाइस लाख पचास हजार रुपैयाँ)को दोब्बर रकम रु.३९,००,००० (उनान्चालीस लाख रुपैयाँ) तिरेर भए पनि जग्गा फुकुवा गर्न म निवेदक तयार हुँदा समेत राष्ट्रिय बाणिज्य बैंक र ऋण असुली न्यायाधिकरण उक्त जग्गा फकुवा गर्न तयार नभएको तर कैलाश कार्टुन बक्स प्रा.लि. तथा पशुपति बक्स प्रा.लि.को कर्जा चुक्ता गर्ने सम्बन्धमा साँवा र साँवा रकमको ५० प्रतिशत व्याज लिएर बाँकी व्याज मिनाहा दिई कर्जा राफसाफ गर्ने निर्णय भई कार्यान्यवनमा समेत गएको अवस्थामा म निवेदक गंगादेवी पुन मगरको नाममा दर्ता रहेको चितवन जिल्ला, भरतपुर न.पा. वडा नं. ९ (क) स्थित कित्ता नं. ७२६ र ७२७ को क्रमश : क्षेत्रफल ०–१–३.५ र ०–११–१६.५ जम्मा (१३ कट्ठा) जग्गा मैले नलिए–नखाएको ऋणको रु. १९,५०,००० (उन्नाइस लाख पचास हजार रुपैयाँ)को दोब्बर रकम रु.३९,००,००० (उनान्चालीस लाख रुपैयाँ) तिरेर भए पनि जग्गा फुकुवा गरी पाउन निवेदन गर्दछु ।

म निवेदककोे नाममा दर्ता कायम रहेको उल्लेखित जग्गाबाट रु.१९,५०,००० (उन्नाइस लाख पचास हजार रुपैयाँ) जेथा जमानत रहेकोमा दोब्बर रकम रु.३९,००,००० (उनान्चालीस लाख रुपैयाँ) तिरेर दायित्व पूरा गरी जग्गा फुकुवा गरी पाउँ भन्दा पनि राष्ट्रिय बाणिज्य बैंक र ऋण असुली न्यायाधिकरणले फुकुवा नगर्दा ठूलो अन्याय र षड्यन्त्रमा पारेको अवस्था छ ।

षडयन्त्रको पराकाष्ठ यो पनि छ कि, ऋण असुली न्यायाधिकरणले यही प्रकरणमा जोडिएका आनन्द सिंह गुरुङ्गको १ बिगाहा (२० कट्ठा) जग्गाको रु. २७,००,००० (सत्ताइस लाख रुपैयाँ) जेथा जमानत रहेकोमा उक्त जग्गाको न्यनतम् मूल्याङ्ककन रु. ६०,००,००० (साठी लाख रुपैयाँ) गरेको छ भने म गंगा देवी पुनको जम्मा १३ कट्ठा जग्गाकोरु. १९,५०,००० (उन्नाइस लाख पचास हजार रुपैयाँ) जमानत रहेकोमा न्यनतम् मूल्याङ्ककन रु. १,९६,००,००० (एक करोड छयानब्बे लाख रुपैयाँ) ) गरिदिएको छ ।

प्रधानमन्त्री, अर्थमन्त्री साथै कानुन मन्त्री ज्यू, उल्लेखित कारणले यो खुल्ला पत्र मार्फत् न्याय दिलाई पाउँ भनी निवेदन गर्दछु । यहाँहरुको जो आदेश ।

गंगादेवी पुन मगर, भरतपुर न.पा. वडा नं. ९ , चितवन ।

तपाइको मत