प्रधानमन्त्री ओलीद्वारा श्रीलंकामा बम बिस्फोटनप्रति दुःख व्यक्त

८ बैशाख ०७६,, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीलंकामा श्रृङ्खलावद्ध विस्फोटमा परी २ सय भन्दा बढीको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

आइतबार अपरान्ह श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेसँग फोनमा कुराकानी गर्दै प्रधानमन्त्री ओलीले समकक्षी र श्रीलंकाली जनताप्रति समवेदना प्रकट गरेका हुन् ।

प्रधानमन्त्री ओलीले बिस्फोटमा जीवन गुमाउनेहरुप्रति श्रद्धासुमन अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका उनको सचिवालयले जनाएको छ । ।

प्रधानमन्त्री ओलीले नेपाल सरकारले जुनसुकै रंग र रुपको आतंकवाद विरुद्धमा उभिने आफ्नो सैद्धान्तिक अडान अनुसार मानवता विरोधी घटनाको भर्त्सना गर्दै दुःखद घडीमा श्रीलंकाका जनताको साथमा नेपाली जनता भएको उनको सचिवालयले जनाएको छ ।

श्रीलङ्काका बिस्फोट मृत्यु हुनेको संख्या १३८ पुग्यो

श्रीलङ्काको राजधानी कोलम्बोका प्रतिष्ठित होटल एवं चर्चमा आइतबार भएका शृङ्खलाबद्ध बिस्फोटमा मृत्यु हुनेको संख्या १३८ जना पुगेको प्रहरीले जनाएको छ। बिस्फोटका कारण अरु ५०० भन्दा बढी घाइते भएका छन्।

पहिलो बिस्फोटन राजधानी कोलम्बोको सेन्ट एन्थोनी चर्च र राजधानी नजिकको सेन्ट सेबास्टियन चर्चमा भएका थिए। चर्चमा बिस्फोट भएलगत्तै राजधानीका तीनवटा होटलमा पनि आक्रमण भएको प्रहरीले जनाएको छ। राजधानी कोलम्बोका साङ्ग्रिला, सिनमन ग्रान्ड र किङ्सबरी होटलमा पनि बिस्फोट भएका छन्।मुलुकको पूर्वी क्षेत्र बाट्टिकोलोवा नगरको एक चर्चमा पनि बिस्फोट भएको छ।

बिस्फोट निकै शक्तिशाली भएका कारण चर्चभित्र व्यापक क्षति भएको र चर्चको भुइँ टुटे फुटेका टाइल, भाँचिएका काठ र रगत लतपतिएको देखिएको स्थानीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

तपाइको मत