प्रधानमन्त्री ओलीले दिल्लीमा रिमोट कन्ट्रोलको ‘स्विच अन’ गर्दा नेपालमा ८० मेगावाट बिजुली आउने

३ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी ओलीको ६ दिने भारत भ्रमणका क्रममा भारतले ढल्केबगर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट ८० मेगावाट बिजुली दिएपछि नेपालमा लोडसेडिङ करिब दुई घण्टा कम हुने भएको छ ।

आगामी शुक्रबार प्रधानमन्त्री केपी ओलीले दिल्लीबाटै रिमोट कन्ट्रोलको ‘स्विच अन’ गरेपछि ८० मेगावाट बिजुली नेपाल आउनेछ । उक्त परिमाणको बिजुली आएपछि अहिलेको लोडसेडिङ करिब दुई घण्टा कम हुने प्राधिकरणले जनाएको छ ।

आगामी फागुन ७ गतेदेखि प्रधानमन्त्री ओली ६ दिने औपचारिक भारत भ्रमणमा जाँदैछन् ।

तपाइको मत