प्रधानमन्त्री ओलीले प्रचण्डलाई भने, ‘तपाईंमा फेरि अस्थितरता प्रकट भयो, जे गर्नु पर्ने हो छिटो गर्नु’

२२ असार, काठमाडौं ।

PM Kp Oliनेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’मा अस्थितरता देखा परेको भन्दै जे गर्नु पर्ने हो छिटो गर्न सुझाएको बताइन्छ ।

माओवादी केन्द्रका अध्यक्ष दाहाल र प्रधानमन्त्री ओली बिच सोमबार भएको पौने दुई घण्टाको छलफल सञ्चारमाध्यमहरुमा दुई दिनसम्म राम्रै मसला बनेको थियो ।

माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ले प्रधानमन्त्री ओलीसँग राष्ट्रिय सहमतीय सरकार गठनका लागि भद्र सहमति कार्यान्वय र नौ बुँदे सहमति लगायतका विषयमा कुराकानी भएको लगायत समाचार सार्वजनिक भइरहेका बेला स्वयम् प्रधानमन्त्री ओलीले प्रचण्डसँग राष्ट्रिय समस्या हल गर्न आफू बाधक नहुने कुरा गरिएको बारे खासै चर्चा भएको थिएन् ।

बालुवाटार स्रोतका अनुसार सोमबारको भेटवार्तामा प्रधानमन्त्री ओलीले माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’लाई जे गर्नु पर्ने हो छिटो गर्न बाटो खुल्ला गरिदिएको विषय सार्वजनिक भएको छ ।

“तपाईमा बारम्बार अस्थितरता देखा पर्ने गरेको छ । अहिले फेरि यो प्रकट भयो” सोमबारको भेटमा प्रधानमन्त्री ओलीले प्रचण्डलाई भनेका थिए, “प्रत्येक पार्टी आफ्नो निर्णय गर्न स्वतन्त्र छन् । एमाओवादीले के गर्दा वेश हुन्छ एमालेले भन्ने कुरा आएन, ठ्याक्कै के गर्न लागेको हो बेलैमा पोजिशन क्लियर गर्नुस् ।”

प्रधानमन्त्री ओलीले छिमेकी चीन र भारतसँग सम्बन्ध सुधार भइरहेको बेला सत्ता फेर्ने हल्लाले पुनः अस्थिरता निम्त्याउन चाहनेहरुको हौसला बढ्ने सुझाउँदै एमालेले नौ बुँदेको कार्यान्वयन नगरेको भनेर एकाहोरो आरोप नलगाउन प्रचण्डलाई सचेत गराइएको बताइन्छ ।

तपाइको मत