१ वैशाख, कास्की । प्रधानमन्त्री केपी शर्मा ओलीसहित मुख्य राजनीतिक दलका नेताहरुले बुधबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको एक साथ शिलान्यास गरेका छन् ।
प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष ओलीसहित एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उप्रप्रधानमन्त्री तथा राप्रपा नेपालका अध्यक्ष कमल थापा, उपप्रधानमन्त्री तथा मधेसी जनअधिकार फोरम लोकतान्त्रिका अध्यक्ष विजयकुमार गच्छदार, नेपाली कांग्रेसका महामन्त्री सशांक कोइराला लगायतले विमानस्थलको शिलान्यास गरेका हुन् ।
शिलान्यास गर्दै ओलीले पहिलो इँटा राखेका थिए भने त्यसपछि अरु नेताहरुले हामी पनि इँटा थप्न आएको हो भन्दै एक एक वटा इँटा थपेका थिए ।
शिलान्यास गर्दै नेताहरुले यो विमानस्थल सबै राजनीतिक दलको सहमति भएकाले सन् २०२० मै निर्माण पुरा गर्ने प्रतिवद्धता जनाएका छन् ।
पोखरा विमानस्थल उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले अव कालो झण्डा नभएर विकाशको झण्डा देखाउने बेला आएको उनले बताए ।
प्रधानमन्त्रीले विकाशमा सबै दलहरु एकठाउँ छन् भन्ने कुरा देखाउन सबै पार्टीका नेताहरु एकसाथ पोखरा आएको समेत बताए ।
यसैगरी एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्री भएको समयमा चीन भ्रमणमा गएको समयमा २ मुख्य कुरामा जोड दिएको बताएका छन् । प्रचण्डले आफूले चीन भ्रमण गएको सममया पोखरा विमानस्थल र केरुङ देखि लुम्बिनी सम्मको रेल सेवा बारे कुरा गरेको बताए ।