८ चैत, काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सका वरिष्ट पाइलट विजय लामाले प्रधानमन्त्री केपी ओलीले सञ्चालनमै नआइसकेको हिमालय एयरलाइन्सको विमान चार्टर गरेर चीन उडेपछि असन्तुष्टि जनाएका छन् ।
पाइलट लामाले आफ्नो फेसबुकमा स्ट्याटस यसरी लेखेका छन् :
‘के बस्नु यस्तो देशमा, जुन देशमा नेताहरुले राष्ट्रिय ध्वजाको कदर गर्न जान्दैनन् । धिक्कार्छु आफ्नो कर्मलाई यस्तो अवस्था आउँदा पनि केही गर्न नसक्दा ।’
उनले अघि लेखेका छन्, ‘कहिलेसम्म हेर्नुपर्छ यस्ता कुराहरु ? कहिलेसम्म सहनुपर्छ हामीले यी सबै पीडाहरु ? राष्ट्र र नेपालीहरुलाई माया गर्ने नेताहरु कहिले आउलान् ? नेताहरुले जे गरेपनि ठिक त ? भन्नु केही छैन अब न कि कसैलाई दोष नै दिनु । हामी त सिर्फ ट्वाल्ल परेर हेर्नेमात्रै हो । हैन र साथीहरु ?’