२७ माघ ०७७, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज निर्वाचन आयोग जाँदैछन् ।
ओली समुहका नेता सुवास नेम्वाङले निर्वाचनसम्बन्धी विषयहरुमा छलफल गर्न प्रधानमन्त्रीसहितको टोली निर्वाचन आयोग जान लागेको जानकारी दिए ।
नेम्वाङले प्रधानमन्त्रीसहितका टाेली ११ बजे निर्वाचन आयोग पुग्ने बताए ।
यसअघि दफा ४४ अनुसार नेकपाकाे आधिकारिकता दाबी गर्न प्रचण्ड माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल माधव नेपाल र वरिष्ठ नेता झलनाथ खनालसहितका नेताहरू निर्वाचन आयोग पुगेका थिए ।