प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा सम्बोधन गर्दै

२९ असार ०७८, काठमाडौं । कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीको नाममा सम्बोधन गर्दैछन् ।

संवैधानिक इजलासले सोमबार विघटित संसद पुनस्र्थापना गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न आदेश दिएसँगै पूर्णतः कामचलाउ बनेका प्रधानमन्त्री ओलीले देशवासीको नाममा सम्बोधन लागेका हुन् ।

उनका प्रेस सल्लाहकार सूर्य थापाले मंगलबार दिउँसो २ बजे सम्बोधन गर्ने बताएका छन् ।