६ चैत, काठमाडौं । मधेसी मोर्चा आवद्ध १५ दलीय संघीय गठबन्धनले शनिबार कालो झन्डा लिएर रत्नपार्क, त्रिपुरेश्वर, थापाथली हुँदै माइतीघरसम्म प्रदर्शन गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जाने अघिल्लो दिन बिरोध प्रदर्शन गरिएको गठबन्धनले जनाएकाे छ । जुलुसको अगुवाई संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले गरेका थिए ।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा पुगेका बेला मोर्चा सम्वद्ध कार्यकर्ताहरुले दिल्लीमा पनि बिरोध प्रदर्शन गरेका थिए ।