प्रधानमन्त्री दाहाल भारतलाई नयाँ संविधानबारे बुझाउन असफल

१ असोज, काठमाडौं । नेकपा एमालेले शनिबार आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतलाई नयाँ संविधानबारे बुझाउन असफल भएको बताएको छ ।

एमाले महासचिव ईश्वर पोखरेलले भारत भ्रमणमा रहेका प्रधानमन्त्री  ‘प्रचण्ड’ले संविधानबारे बुझाउन असफल भएको बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा शुक्रबार समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गरेर २५ बुँदे संयुक्त बक्तव्य जारी गर्दा भारतले नेपालको संविधानको स्वागत नगरेको नेता पोखरेलले बताए ।

एमालेले संविधान नबन्दै कुनै पनि हालतमा बन्न दिन्नौँ भनेर लागेकाहरु नै संविधान बनेपछि त्यसलाई असफल पार्न संशोधनको कुरा उठाउन उद्यत रहेको बताएको छ । साथै, स्थानीय तहको पुनःसंरचनामा आलटाल गराउने र निर्वाचनलाई पर धकेल्ने काम योजनाबद्ध रुपमा भइरहेको भन्दै एमालेले वर्तमान सरकार नै निर्वाचन नगर्ने दिशामा अघि बढेको आरोप लगाएको छ ।

तपाइको मत