प्रधानमन्त्री देउवाले तोड्यो पूर्वप्रधानमन्त्री भट्टराईको रेकर्ड

७ भदौ ०७४, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीमण्डल विस्तार गरेर नयाँ रेकर्ड बनाएका छन् ।

प्रधानमन्त्री देउवाले मंगलबार कांग्रेसका १२ सहित १५ जना राज्यमन्त्री नियुक्त गर्दै जम्बो मन्त्रीमण्डल विस्तारमा नयाँ रेकर्ड बनाएका हुन् ।

गणतन्त्र स्थापनापछि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गठन गरेको ४९ सदस्यीय मन्त्रिपरिषद्को रेकर्ड तोड्दै देउवाले ५० सदस्यीय मन्त्रीमण्डल  गठन गरेका छन् ।

बहुदलीय व्यवस्थामा जम्बो मन्त्रीमण्डलको रेकर्ड देउवाकै नाममा थियो । उनले ०५२ सालमा पहिलो पटक प्रधानमन्त्री बनेका बेला ५२ सदस्यीय मन्त्रीमण्डल गठन थिए ।

प्रधानमन्त्री देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट फुटेर बनेको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)लाई सरकारमा ल्याउन गरेको कसरतले आफ्नै पुरानो रेकर्ड तोडिने सम्भावना पनि देखिएको छ ।

तपाइको मत