८ भदौ ०७४, नयाँदिल्ली । प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतको राष्ट्रपति भवनमा ‘गार्ड अफ अनर’ले सम्मान गरेको छ ।
अाैपचारिक भारत भ्रमणमा रहेका प्रधानमन्त्री देउवा सम्मान ग्रहणका लागि राष्ट्रपति भवन पुग्दा भारतीय समकक्षी नरेन्द्र मोदीले स्वागत गरेका थिए ।
प्रधानमन्त्री देउवाले सम्मान ग्रहण गरेपछि भारतले नेपालको विकासमा सहयोग गरेको र थप सहयोगका लागि आग्रह गरिएकाे प्रतिक्रिया दिएका छन् ।
गार्ड अफ अनर’ ग्रहणपछि प्रधानमन्त्री देउवा महात्मा गान्धीको समाधीस्थल राजघाट प्रस्थान गरेका छन् ।