प्रधानमन्त्री देउवा न्यूयोर्क प्रस्थान

३ असोज ०७४,  काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्रसंघको ७२ औं महासभामा सहभागी हुन न्यूयोर्क प्रस्थान गरेका छन् ।

प्रधानमन्त्री देउवा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार महासभामा सहभागी हुन न्यूयोर्क प्रस्थान गरेका हुन् ।

प्रतिनिधिमण्डलमा महिला बालबालिका तथा समाज कल्याणमन्त्री आशा कोइराला, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. दिनेश भट्टराई लगायत छन् ।

उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कृष्णबहादुर महरा भने केहि दिन अघि नै महासभाका लागि न्यूयोर्क पुगिसकेका छन् ।

प्रधानमन्त्री देउवाले १ सय ९३ मुलुक सहभागी हुने राष्ट्रसंघको महासभालाई शनिबार सम्वोधन गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री देउवाले नेपालको पछिल्लो राजनीतिक अवस्था, संविधान कार्यावन्यनलगायत विषयमा जानकारी गराउनेछन् । अमेरिका बसाइको क्रममा उनले विभिन्न देशका राष्ट्र प्रमुखहरुसँग द्वीपक्षीय वार्ता गर्ने कार्यक्रम पनि तय भएको छ ।

तपाइको मत