प्रधानमन्त्री देउवा र भारतीय राजदूत श्रीवास्तव बीच भेटवार्ता

१६ असार ०७९, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तव बीच भेटवार्ता भएको छ ।

बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भारतीय राजदूत श्रीवास्तवले प्रधानमन्त्री देउवासँग भेटवार्ता गरेका हुन् ।

राजदूत श्रीवास्तवले प्रधानमन्त्री देउवालाई भेटमा भारतका राष्ट्रपति र प्रधानमन्त्रीले पठाएका शुभकामना सन्देश सुनाएका थिए ।

भारतीय राजदूत श्रीवास्तवले आजै राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष ओहोदाको प्रमाणपत्र बुझाएका छन् ।