प्रधानमन्त्री प्रचण्डले पूर्वप्रधानमन्त्रीहरु र सत्तारुढ दलका नेताहरुसँग छुट्टा छुट्टै छलफल गर्दै

२८ भदौ, काठमाडौं । प्रधानमन्त्री प्रचण्डले आज पूर्वप्रधानमन्त्रीहरु साथै सत्तारुढ दलका नेताहरुसँग छुट्टा छुट्टै छलफल गर्दैछन् ।

प्रधानमन्त्री प्रचण्डको निजी सचिवालयका अनुसार भदौ ३० गते बिहीबारदेखि भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री प्रचण्डले पूर्वप्रधानमन्त्रीहरुसँगको बैठक मंगलबार बिहान १० बजे र सत्तारुढ दलसँगको बैठक ११ बजे बोलाइएको छ । सचिवालयका अनुसार सत्तारुढ दलहरुको बैठकमा मधेसी मोर्चाका नेताहरुलाई समेत निम्त्याइएको छ ।

भारतले राष्ट्रपति भवनमा राखेर प्रधानमन्त्री प्रचण्डलाई राजकीय सम्मान दिने घोषणा गरेको छ । भ्रमणको तयारीका लागि पराराष्ट्रमन्त्री डा. प्रकाशशरण महत दिल्लीमा छन् ।

तपाइको मत