१८ पुस ०७९, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार संसद महासचिवलाई पत्र पठाएर पुस २६ गतेको बैठकमा विश्वासको मत लिने कार्यसूची राख्न आग्रह गरेका छन् ।
संविधानको धारा ७६(२) अनुसार १० पुसमा माओवादी केन्द्र संसदीय दलका नेता प्रचण्ड प्रधानमन्त्री नियुक्त भएकाले सोही धाराको उपधारा (४) अनुसार विश्वासको मत लिन उनले संसद सचिवालयलाई पत्राचार गरेका हुन् ।
संविधानको धारा ७६(२) अनुसार नियुक्त भएको प्रधानमन्त्री प्रचण्डले ३० दिन अर्थात् माघ ९ भित्र विश्वासको मत लिनुपर्नेमा उनले पुस २६ मै प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिने भएका हुन् ।