१४ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ राष्ट्रपति सी जिनपिङ बीच बेइजिङमा भेटवार्ता भएको छ ।
बोआओ फोरममा सहभागी हुन चीन पुगेका प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति सीसँग भेटवार्ता गरेका हुन् ।
भेटमा राष्ट्रपति सीले नेपालको स्थानीय निर्वाचनका लागि ९ मिलियन चिनियाँ युआन अर्थात करिब १४ करोड ४० लाख नेपाली रूपैयाँ बराबरको सहयोग गर्ने बचन दिएका छन् ।
प्रधानमन्त्री प्रचण्डले चीनका राष्ट्रपति सीसँग धेरै उत्साहका साथ खुल्ला र स्पष्ट छलफल भएको बताएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
चीनको राजधानी बेइजिङस्थित ग्रेट हल अफ दि पिपुलमा दिउँसो भएको भेट महत्वपूर्ण र उपलब्धीमूलक रहेको र यस खालको उच्चस्तरीय छलफलले नेपाल-चीन सम्बन्धको विकासमा महत्वपूर्ण आयाम थपेको प्रधानमन्त्रीको भनाइ थियो ।
नेपालको स्थानीय निर्वाचनका लागि चीनले ९ मिलियन चिनियाँ युआन बराबरको सहयोग गर्ने
नेपालको स्थानीय निर्वाचनका लागि चीन सरकारले ९ मिलियन चिनियाँ युआन अर्थात करिब १४ करोड ४० लाख नेपाली रूपैयाँ बराबरको सहयोग गर्ने भएको छ ।
प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपतिवीच सोमबार बेइजिङमा भएको भेटमा चिनियाँ राष्ट्रपतिले स्थानीय निर्वाचनका लागि सहयोग प्रदान गर्ने घोषणा गरेका हुन् ।
साथै चिनियाँ राष्ट्रपति सि जिन पिङले तातोपानी नाका खोल्न आफू सकारात्मक रहेको र नेपाल र चीनवीच रेल्वे लिंक जोड्नेबारे प्रधानमन्त्री प्रचण्डलाई आश्वस्त पारेका छन् ।