प्रधानमन्त्री प्रचण्ड र भारतीय राजदूत मञ्जीव सिंह बीच भेटवार्ता

१७ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरीबीच भेटवार्ता भएको छ ।

राजदूतको कार्यभार सम्हालेपछि पुरीले प्रधानमन्त्री प्रचण्डसँग पहिलो शिष्टाचार भेट गरेका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा नेपाल-भारत सम्बन्ध र आपसी हितका विषयमा कुराकानी भएको छ ।

प्रधानमन्त्री प्रचण्डले नवनियुक्त राजदूत पुरीलाई नेपाल बसाइ सुखमय रहोस् भन्ने शुभकामना दिएका छन् । साथै पुरीको कार्यकालमा नेपाल-भारत सम्बन्ध अझ प्रगाढ रहने विश्वास व्यक्त गरेको उनको निजी सचिवालयले जनाएको छ ।

यसैबीच, भारतीय राजदूत पुरीले बिहीबारै परराष्ट्रमन्त्री डा. प्रकाश शरण महतसँग पनि शिष्टाचार भेट गरेका छन् ।

भेटका क्रममा नेपाल र भारतको आपसी सम्बन्धका साथै नेपालको पछिल्लो राजनीतिक अवस्थाका बारेमा कुराकानी भएको थियो ।

तपाइको मत