प्रधानमन्त्री र कांग्रेस सभापतिकाे आग्रहमा निधीले लिए राजीनामा फिर्ता

२१ बैशाख ०७४, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेेर बहादुुर देउवाकाे आग्रहमा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधीले राजीनामा फिर्ता लिएको बताएका छन् ।

बिहीबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै गृहमन्त्री निधीले बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री प्रचण्ड र पार्टी सभापति शेरबहादुर देउवाले राजीनामा फिर्ता लिन आग्रह गरेको बताए ।

‘उहाँहरुको आग्रहमा फिर्ता लिएको हुँ’ उनले भने, संविधन कार्यान्वयन, संशोधन र स्थानीय चुनाव मेरा लागि मुख्य मुद्दा हो । अरु गौण हुन् ।’

आफूले उठाएको मुद्दामा मधेसी मोर्चाको पनि सहमति भएको भन्दै उनले मोर्चाका नेताहरुले पनि आफूलाई नै गृहमन्त्रीका रुपमा हेर्न चाहेको बताए ।

मधेसी मोर्चाका नेता महन्थ ठाकुरले आफूलाई फोन गरेको सुनाउँदै निधिले भने, ‘मधेसी नेताहरुले पनि मलाई फोन गरे । मेरो अडानको प्रशंसा गरे र अहिलेको समयमा तपाई गृहमन्त्री हुनुपर्ने आवश्यकता छ भने ।’

तपाइको मत