४ असार ०७९, काठमाडौं । प्रधानसेनापति महारथी पर्शुराम शर्मा लेवनान प्रस्थान गरेका छन् ।
प्रधानसेनापति शर्मा औपचारिक भ्रमणका लागि आज लेवनान प्रस्थान गरेका हुन् ।
शान्ति स्थापनार्थ तैनाथ फौजको हौसला अभिवृद्धि गर्नुका साथै यूएन मिसनको भावी योजनाका बारेमा जानकारी लिन शर्मा सात सदस्यीय टोलीसहित लेवनान गएका हुन् ।
भ्रमणदलले यही असार १० गतेसम्म यूएनको आह्वानमा शान्ति स्थापनार्थ नेपाली शान्ति सैनिकहरु तैनाथ मिसनहरूको निरीक्षण, मिसनको वस्तुस्थिति, अपरेशनल गतिविधि, फौज तैनाथीको अवस्थालगायतको जानकारी लिने बताइएको छ ।
प्रधानसेनापति शर्मा यस भ्रमणसँगै असार १३ गते संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमण सकेर असार १९ गते स्वदेश फिर्ता हुने कार्यक्रम छ ।