प्रधान्यायाधीशमा गोपाल पराजुली सिफारिस

१५ असार ०७४, काठमाडौं । सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधिश गोपालप्रसाद पराजुलीलाई संवैधानिक परिषदले प्रधानन्यायाधीशमा सिफारिस गरेको छ ।

विहीबार बसेको संवैधानिक परिषद बैठकले कायम मुकायम प्रधानन्यायाधिश पराजुलीलाई प्रधानन्यायाधिशमा सिफारिस गर्ने निर्णय गरेको हो ।

कामु प्रधानन्यायाधीश पराजुलीलाई प्रधानन्यायाधिशमा सिफारिस गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।

एक साताअघि बसेको बैठकमा प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा अेालीले समय मागेपछि उनको नाम सिफारिस हुन सकेको थिएन ।

अब संसदीय सुनुवाईपछि पराजुलीलाई प्रधानन्यायाधीश नियुक्तिको बाटो खुल्नेछ ।

तपाइको मत