प्रभु साहको राजीनामा अस्वीकृत

१० भदौ ०७६, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रदेश २ का अध्यक्ष प्रभु साहको राजीनामा अस्वीकृत गरेको छ ।

नेकपाको सचिवालय बैठकले साहले उठाएका विषयमा पार्टीको ध्यानाकर्षण भएको र उपयुक्त विधिबाट समाधान गरिने बताउँदै काममा फर्किन निर्देशन दिएको हो ।

साहले काम गर्न असहयोग भएको भन्दै केही दिनअघि अध्यक्ष प्रचण्डसमक्ष राजीनामा बुझाएका थिए ।

तपाइको मत