८ पुस ०७५, राजविराज । प्रहरी सप्तरीका विभिन्न ठाउँबाट मदिरा बनाउने कच्चा पदार्थसहित मदिरा नष्ट गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोलीले अग्निसाईर कृष्णसवरण गाउपालिका–४ बनौलीका केदारनाथ सरन, घनश्याम सरन, बसन्त सरन र मनोहर सरनको घरबाट मदिरा बनाउने कच्चा पदार्थ ७०० लिटर, मदिरा बनाउन प्रयोग हुने सख्खर १५० के.जि., तयारी मदिरा २०० लिटर र मदिरा बनाउन प्रयोग हुने बिभिन्न सामाग्रीहरु नियन्त्रणमा लिई स्थानिय भद्रभलादमी तथा बुद्धिजीविहरुको रोहवरमा नष्ट गरिएको हो ।
त्यसैगरी जिल्लाको छिन्नमस्ता गा.पा. २ मोहनपुरस्थित दशगजा आसपास (२०० मिटर) क्षेत्रमा नेपाल बाट भारत तर्फ टाउकोमा बोकि लादै गरेको २४० बोतल (८ कार्टुन) मामाश्री नामक मदिरा, ३०० बोतल (१० कार्टुन) कस्तुरी नामक मदिरा, गोल्डेन ओके २५०ml को ४ वटा, पास–पास नामक मदिरा २५० ml को ६० वटा गरी मुल्य २१,०००।– बराबरको मदिरा ईलाका प्रहरी कार्यालय सखडाबाट खटिएको प्रहरी टोलीलाई देखेपछि मदिरा फालि मानिस फरार भएको प्रहरीले जनाएको छ ।
फालेर भागेपछि प्रहरीले मदिरा बरामद गरी आवश्यक कारबाहीको लागि भन्सार कार्यालय सप्तरी पठाईएको प्रहरीले जनाएको छ ।
त्यसैबीच हनुमाननगर कंकालीनि न.पा. ९ स्थितमा दशगजा आसपास (२०० मिटर) क्षेत्रमा नेपालबाट भारततर्फ साईकलमा लादै गरेको सोफी नामक रक्सि १८० बोतल (६ कार्टुन) ३०० ml प्रति बोतल मुल्य ४,८०० बराबरको ई.प्र.का. हनुमाननगर सप्तरीबाट खटी गएको गस्ती टोलीले साईकल र मदिरा बरामद गरी भन्सार कार्यालय सप्तरीमा बुझाएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।