फिफा विश्वकप छनोटअन्तर्गत आज नेपालले यूएईसँग खेल्दै

३० कार्तिक ०८०, काठमाडौं । छनोटअन्तर्गत दोस्रो चरणको फिफा विश्वकपको एसियाली पहिलो खेल आज नेपालले यूएईसँग खेल्दैछ ।

आजको खेल राति ९ बजे सुरु हुनेछ । नेपालको दोस्रो खेल भने मंसिर ५ गते घरेलु मैदान दशरथ रंगशालामा हुनेछ ।

पहिलो चरणको खेलमा नेपालले लाओसलाई पराजित गर्दै छनोट खेलको दोस्रो चरणमा पुगेको हो ।