फिस्लिङमा सवारी दुर्घटना, १ जनाको मृत्यु ५ जना घाइते

Accident

फाइल तस्बिर

१० बैशाख ०७४, चितवन । मुग्लिनबाट काठमाडौं जाँदै गरेको बा२ ख १९५८ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ना५ख ९१९० नम्बरको ट्रक आपसमा ठोक्किएर भएको दुर्घटनामा १ जनाको मृत्यु भएको छ  ।

आइतबार बिहान साढे ६ बजे इच्छाकामना गाउँपालिका–३, फिस्लिङमा उक्त सवारी दुर्घटना  हुँदा १ जनाको ज्यान जानुको साथै ५ जना घाइते भएको हो ।

दुर्घटनामा बा २ ख १९५८ नम्बरका ट्रक चालकको ज्यान गए पनि उनको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रहरीकाअनुसार दुर्घटनामा घाइते भएका ५ जना लाई उपचारका लागि धादिङ पठाइएको छ ।

दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।

तपाइको मत