फोरम नेपाल र नयाँ शक्ति पार्टीबीच एकता

२३ बैशाख ०७६, काठमाडौं । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल र डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालबीच पार्टी एकता भएको छ ।

सोमबार राजधानीको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रमबाट दुई पार्टीले एकताको घोषणा गरेका हुन् । नयाँ पार्टीको नाम ‘समाजवादी पार्टी नेपाल’ रहेको छ ।

एकतापछि नयाँ शक्तिका संयोजक डा.बाबुराम भट्टराई र फोरमका अध्यक्ष उपेन्द्र यादव नयाँ पार्टीको अध्यक्ष रहनेछन् । पार्टीमा २५ सदस्यीय पदाधिकारी चयन गरिएको छ । जस अन्तर्गत डा.बाबुराम भट्टराई संघिय परिषद् अध्यक्ष र उपेन्द्र यादव अध्यक्ष रहेका छन भने अशोक राई पार्टीका वरिष्ठ नेता र राजेन्द्र श्रेष्ठ सह अध्यक्ष रहेका छन् ।

पार्टी उपाध्यक्षमा नमराज सुवेदी, लालबाबु राउत, हिसिला यमी, रेनु यादव, रकम चेम्जोङ, परशुराम खापुङ, युवराज कार्की र हेमराज राई रहेका छन् ।

त्यस्तै, महासचिवमा गगा नारायण श्रेष्ठ, रणधज कन्दघा र रामसाहायक यादव रहेका छन् भने उप महसचिवमा डम्बर खतिवडा, दान बहादुर विश्वकर्मा र प्रकाश अधिकारी रहेका छन् । सचिवमा मोहमद इस्तियाक राई, दुर्गा सोब, विजय यादव, परशुराम बस्नेत र प्रशान्त सिह रहेका छन् ।

तपाइको मत