१४ भदौ ०७४, काठमाडौं । फोरम लोकतान्त्रिकका केन्द्रीय उपाध्यक्ष रामेश्वर राय माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
बुधबार आयोजित कार्यक्रममा सर्लाहीको चक्रघट्टामा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले रायसहितका सयौं नेता-कार्यकर्ताहरुलाई पार्टी प्रवेश गराएका हुन् ।
रायको माओवादी प्रवेशले २ नम्बर प्रदेशमा हुने आगामी चुनावका लागि आफ्नो जनाधार थप बलियो भएको माओवादीको दाबी छ । यसअघि नयाँ शक्तिका रामचन्द्र झा, सदभावना पार्टीका संस्थापक महासचिव अनिस अन्सारी लगायतका नेता-कार्यकर्ताहरु पनि माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।
मधेसका बलियो ठानिने नेताहरुलाई भित्राएको दाबी गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दुई नम्बर प्रदेशमा एक नम्बर पार्टी बन्न कसैले रोक्न नसक्ने बताउँदै माओवादीले आगामी स्थानीय चुनावमा राम्रो परिणाम आउने अपेक्षा गरेको बताए ।
आगामी चुनावलाई लक्षित गरी माओवादी अध्यक्ष प्रचण्ड केही दिन यता मधेसमै सक्रिय छन् ।