फ्रान्सका लागि नेपालका पूर्वराजदूत झाको हत्या

४ साउन ०७५, काठमाडौं । फ्रान्सका लागि नेपालका पूर्वराजदूत केशव झाको छुरी प्रहार गरी हत्या गरिएको छ ।

सोमबार पूर्वराजदूत झाको बबरमहलस्थित आफ्नै निवासमा सुतेकै ठाउँमा छुरी प्रहार गरी हत्या गरिएको हो ।

घटनास्थलमा हत्या भएको आशंक गर्ने प्रशस्त प्रमाणहरु भएकाले प्रहरीले सोधपुछका लागि झाको घरका कामगर्ने कुक र दुइ जना मालीसहित ३ जनालाई प्रक्राउ गरेको छ ।

प्रहरीले घटनालाई रहस्यमय भएको बताएको छ । घटनाको अनुसन्धानका लागि प्रहरीले तालिम प्राप्त कुकुरलाई समेत ल्याएको महानगरीय अपराध महाशाखाका प्रमुख (एसएसपी) धिरज प्रताप सिंहले बताए ।

केशव झाको हत्या अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरुका अनुसार उनको टाउकोमा तीन चोट लागेको छ भने घाँटीमा दुई चोट लागेको छ ।

पूर्व राजदुत झाको श्रीमती, एक छोरा, बुहारी र एक छोरी छिन् । उनले २०२३ सालमा परराष्ट्र सेवामा प्रवेश गरी ३० वर्षे सेवा अवधि पुरा गरेर रिटायर्ड भएका थिए ।

झाले १९९३ देखि १९९७ सम्म फ्रान्सका राजदूत थिए । पूर्व राजदूतहरुको निवर्तमान अध्यक्ष समेत रहेका उनले लामो समय चिफ अफ प्रोटोकलको भूमिका निर्वाह गरेका थिए ।

तपाइको मत