बंगलादेशले भारतको संसदमा राखिएको ‘अखण्ड भारत’को नक्साबारे स्पष्टीकरण माग्दै

२४ जेठ ०८०, काठमाडौं । बंगलादेशले भारतको दिल्लीस्थित आफ्नो मिसनलाई भारतको संसद भवनमा राखिएको ‘अखण्ड भारत’ नक्साबारे स्पष्टीकरण माग गर्न निर्देशन दिएको छ ।

बंगलादेशका विदेश मामिला राज्यमन्त्री शहरियार आलमको भनाइलाई उद्धृत गर्दै ढाका ट्रिब्यूनले उक्त नक्साको विषयमा भारतीय विदेश मन्त्रालयसँग स्पष्टीकरण माग्ने सामग्री प्रकाशन गरेको छ ।

राज्यमन्त्री आलमले ढाकामा पत्रकारसँग कुरा गर्दै प्राचीन भारतको साम्राज्य पूर्वदेखि पश्चिमसम्म फैलिएको देखिएको उक्त नक्सामा नेपाल र पाकिस्तानमा विरोध भइरहेको पनि ट्रिब्यूनमा उल्लेख छ ।

भारतको नयाँ संसद भवनमा राखिएको उक्त नक्सा २८ मे मा प्रधानमन्त्री नरेन्द्र मोदीले उदघाटन गरेपछि सबैतिर विरोध भइरहेको छ ।