१६ कार्तिक ०८०, काठमाडौं । मन्त्रिपरिषदको बैठकले संसदको चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ ।
बिहीबार बिहान बसेको बैठकले संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको हो ।
आज बिहान ११ बजे बस्ने संसद बैठकमा शीर्ष नेताहरुले सम्बोधन गरेर संसदको चालु अधिवेशन मध्यरातिदेखि अन्त्य हुनेछ । सरकारले संक्रमणकालीन न्याय (टीआरसी) र सम्पत्ति शुद्धीकरण सम्बन्धी विधेयक पास गर्ने भन्दै बजेट अधिवेशनलाई लम्ब्याएको थियो ।
राष्ट्रपतिले सरकारको सिफारिसमा संसदको अधिवेशन अन्त्य र आह्वान गर्ने व्यवस्था रहेको छ ।