१ बैशाख ०७५, बागलुङ । मुसिकोट नगरपालिका वडा नं. ७ र ३ को झेंदी भन्ने स्थानमा बडीगाड खोलामाथि निर्माणाधीन पक्की पुल भाँच्चिदा ५ जना घाइते भएका छन् ।
शुक्रवारबाट ढलान सुरु गरी अन्तिम अवस्थामा पुगेको वेला पुल एक्कासी बीचमा भाँचिएको हो ।
घाइते हुनेमा निर्माण व्यावसायी समेत रहेका ऋषिराम इटनी काठमाडौं र बडिगाड गाउँपालिका २ का तुलवहादुर राना, मुसिकोट नगरपालिकाका रनबहादुर कुमाल, गणेश कुमाल र रुद्रवहादुर कार्की रहेका छन् । उनीहरको हटिया पोलिक्लिनिकमा उपचार भइरहेको छ ।
५५ मिटर लामो पक्की पुल ५ करोड लागतमा जयवुद्ध कन्स्ट्रक्सन प्रा.लि काठमाडौंले निर्माण गरिरहेको थियो ।