बन्दका कारण उपत्यकाका निजी विद्यालयको पठनपाठन प्रभावित

२७ असार ०७४, काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टी नेत्रविक्रम चन्द नेतृत्वले मंगलबार आह्वान गरेको नेपाल बन्दका कारण राजधानी उपत्यकाका निजी विद्यालयको पठनपाठन प्रभावित भएको छ।

बन्दका कारण सवारीसाधन आवागमनमा खासै असर नपरे पनि उपत्यकाका निजी तथा आवासीय विद्यालयले सुरक्षाका कारण बिदा दिएकाले पठनपाठन प्रभावित भएको  हो ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेन प्याब्सनका महासचिव राजेन्द्र बानियाँले पहिलो त्रैमासिकको परीक्षापछि बिदा भएका कारण कतिपय विद्यालय स्वतः बिदा रहेको बताए।

सो पार्टी निकट अनेरास्ववियु क्रान्तिकारीका उपाध्यक्ष लालबहादुर तामाङले आफ्ना कार्यकर्ताको पक्राउ र निजी विद्यालयको चर्को शुल्क फिर्ता नभएका कारण बन्द आह्वान गर्नुपरेको बताए।

तपाइको मत