३० जेठ ०७४, विराटनगर । राष्ट्रिय जनता पार्टीका कार्यकर्ताले विराटनगरमा बन्दको उल्लङ्घन गरेको भन्दै चार वटा सवारी साधानमा तोडफोड गरेका छन् ।
विराटनगरका विभिन्न स्थानमा एउटा टाटा सुमो, दुईवटा टेम्पो र एउटा सिटी सफारी तोडफोड गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक योगेन्द्रसिंह थापाले बन्दकर्ताले बा ३ ख ८३७४ नम्बरको टाटा सुमो को २ ह ५३६८ र को १ ह १९८३ नम्वरको टेम्पो र को १त ४२/८ को सिटी सफारी तोडफोड गरेका हुन् ।
बन्दकर्ताले सवारीसाधान तोडफोड गरेपनि प्रहरीले कसैलाई पक्राउ गरेको छैन । बिहानको समयमा केही खुल्ला रहेको विराटनगरमा अहिले भने वन्दको प्रभाव बढदै गएको छ ।
चुनाव बहिष्कार गर्ने भन्दै राजपाले आन्दोलन घोषणा गरेको थियो । आन्दोलनमा उत्रिएको राजपाले आजबाट मधेशका जिल्लामा ४ दिने आम हड्तालको घोषणा गरेको थियो ।