१७ चैत ०७५, काठमाडौं । आइतबार साँझ परेको बर्षासँगै आएको हावाहुरीका कारण बारामा ठूलो धनजनको क्षति भएको छ ।
बर्षासँगै आएको हावाहुरीका कारण इँटा भट्टाको चिम्नी लडाउनुका साथै गुड्दै गरेको गाडी पल्टिएर तथा विजुलीको पोल ढलेर करेन्ट लाग्दा धेरै मानवीय क्षति भएको हो ।
बारामा मात्र २४ जना र पर्सामा एक जनाको मृत्यु हुनका साथै ४ सय भन्दा बढी घाइते भएको पुष्टि भएको सरकारी अधिकारीहरुले पुष्टि गरेका छन् ।
घाइतेहरुलाई उद्दार गरेर वीरगञ्ज पुर्याइएको छ । नारायणी लगायतका अस्पतालमा बेडको अभाव भएकाले भुईँमै राखेर उपचार भइरहेको छ । ठूलो हताहती भएकाले कतिपय मृतकहरुको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ ।