काठमाडौं । पाकिस्तानको दक्षिण-पश्चिम बलुचिस्तान प्रान्तमा सिनेट उपाध्यक्षलाई लक्षित गरी आत्मघाती आक्रमण हुँदा २५ जनाको मृत्यु भएको छ ।
आक्रमणमा सिनेट उपाध्यक्ष मौलाना अब्दुल गफूर हैदरीलगायत ३० जना घाइते भएका छन् ।
मस्तंग इलाकामा शुक्रबारको नमाज सकिएपछि स्थानीयलाई सम्बोधन गर्ने क्रममा आत्मघाती बम आक्रमण भएको थियो ।
आक्रमणमा घाइते सिनेट उपाध्यक्ष हैदरीलाई उपचारको लागि सिभिल अस्पतालमा लगिएको छ । उनी सवार गाडी पूर्णरुपमा क्षतिग्रस्त भएको भिडियो फुटेज टेलिभिजन च्यानलहरुले प्रसारण गरेका छन् ।
घटनास्थल राजधानी क्वेटा शहरबाट करिब ७० किलोमिटर टाढा पर्दछ । आक्रमणको जिम्मेवारी कसैले लिएको छैन ।